विष्णु-पार्वत-राधिकाको घुस खाने रेष्टुरेन्ट, चाइनिजसँग टेलिकमको ४ अर्बको डिल, खरेललाई डुबाउने

प्रकाश तिमल्सिना, पत्रकार

के निर्जीव रेष्टुरेन्टले पनि घुस खान्छ ? म भन्छु खान्छ, खाँदैन भन्ने कसैलाई विश्वास लाग्दैन ? भने यो स्टोरी पढनुहोस् ।

यो तस्विरमा देखिएको रेष्टुरेन्ट, पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा दोलखा एमाले नेता पार्वत गुरूङको हो । यो रेष्टुरेन्ट एउटा यस्तो रेष्टुरेन्ट हो, जसले सबैभन्दा धेरै घुस खायो । घुसको कारोबार गरायो ।

यो स्टोरीमा पार्वत गुरूङको रेष्टुरेन्ट र विष्णु रिमालको कथा जोडिन्छ । अब पढनुहोस्, यो कसरी घुस्साहा रेष्टुरेन्ट थियो र हो भन्ने ।

मैले सदैव भनिरहेकै छु, मैले अस्ति विष्णु रिमालका बारेमा लेखे, पहिला यही कुरा किन भनिनस, ध्वस्त भइसकेपछि किन लेखिस् भनेर पनि धेरैले प्रश्न पनि गरे, यो त मैले आदरणीय रिमाल दाजुलाई भनेकै हो, उनले नसुनेपछि फेसबुकमा नलेखे पनि ट्वीटरमा भने धेरै लेखेकै हो, उत्खनन् गर्नेहरूले टविटर उत्खनन् गरेर लेखे हुन्छ ।

केपी ओली त्यसै डुबानमा परेका होइनन्, मुख्य सारथी विष्णु रिमाल नै हो । रिमालको केही वर्षदेखि सारथीमध्य थोरै केही थिए । तीमध्ये एक हुन् दोलखाका एमाले नेता पार्वत गुरूङ, उनको पृष्ठभूमिबारे फेरि लेखुला ।

पार्वत गुरुङले खासमा ठेक्कापट्टाबाट कमिशन खाने, माथिल्लो तामाकोशीबाट अवैध पैसा असुल्ने, हाइड्रो र जडीबुटीको कालो धन्दाले अरबौं पैसा कमाए । खासमा यी पार्वत गुरुङलाई सुरुमा एमालेकै आनन्द पोखरेलले पर्याप्त स्पेस दिए र अनावश्यक रूपमा नेता बनाए । प्रमाण के छ भनेर मलाई नसोध्नु, घुस खानेले प्रमाण राखेर, तपाईं हामीलाई भनेर पनि खाँदैन्, उसले लुकाएरै खान्छ, त्यसमाथि नेता धेरै चलाख हुन्छन, प्रमाण मसँग होइन, सम्पत्ति शुद्वीकरणमार्फत खोज्नु होस् ।

जब पार्वत गुरुङ, विष्णु रिमाल र राजन भट्टराई अनि भानुभक्त ढकालहरूको निकट भएपछि तिनै आनन्द पोखरेललाई ‘तँ’ भनेर अपमान गर्न थाले, जसले उसलाई नेता बनायो, पैसाका बलमा राजनीतिक योगदान गरेका आनन्द पोखरेलहरू ठेकेदार नेताबाट दिनरात अपमान हुनु परेको धेरै एमाले कार्यकर्ताले देखे । उनीहरूलाई सैह्य भएको थिएन । पार्वत गुरुङको धनको अगाडि केही बाहेक कसैले बोलेनन् ।

अनि पार्वत गुरुङको सुरु भयो, विष्णु रिमालसँग धन्दा

प्रधानमन्त्री निवास बालुवाटार नपुग्दै भाटभटिनीको छेवैमा हिमालयन वायो किचेन छ, जुन देख्नलाई पार्वत गुरुङको हो । तर, बिहानै, बेलुकै पुग्थे विष्णु रिमाल । प्रधानमन्त्री केपी ओली हुँदा बालुवाटारको ढोका नकट्दै विष्णु रिमाल त्यही रेष्टुरेन्टमा पुग्थे, बालुवाटारबाट फर्केपछि पनि उनी प्रायः पुगिरहन्थे । यो दृश्य देख्ने मेरो भाइहरू अझै त्यही छन् ।

उनीहरूले भने अनुसार व्यापारी, व्यवसायी, दलाल, विचौलिया सबैलाई त्यहीँको कोठा, चोटामा बोलाउँथे, धेरै बसाइँमा पार्वत गुरुङ स्वयम् पनि हुन्थे । मैले तस्बिर खिच्नभन्दा उनीहरूले खिच्न चाहिँ सकेनन्, खिचेनन् । ‘कन्फिडेन्टली’ भाईहरूले सबै रिपोर्ट गर्थे, कुरा सुन्थे, प्रमाण पुग्दैनथ्यो । त्यसैले मौन बसिरहे, सबन्धित ठाउँमा रिपोर्ट गरिरहे । यीनीहरू अझै जिउँदै छन् ।

हुन त केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि विष्णु रिमालकै जोडबलमा पार्वत गुरुङले सञ्चारमन्त्री पाएका थिए, जुन स्वयंले पनि पत्याएकै थिएनन् । विष्णु रिमाललाई आफूले भने अनुसार चल्ने मन्त्री चाहिएको थियो, त्यसका लागि पार्वत गुरुङ उचित पात्र थिए ।

त्यतिबेला पार्वत गुरुङले नेपाल टेलिकममा विष्णु रिमालसँग मिलेर जे गरे, अहिले पृथ्वीसुब्बा गुरुङसहित मिलेर टेलिकममा रिमालले त्यही गरे ।

चाइनिज कम्पनीलाई भित्र्याउने सर्तमै पार्वत गुरुङ सञ्चारमन्त्री बनेका थिए, उतिबेला । राम्रोसँग भाषण पनि गर्न नजान्ने, जिल्लास्तरकै कैयौं नेताभन्दा पछि रहेका पार्वत गुरुङलाई यत्रो जिम्मेवारी पाएपछि विष्णु रिमालले जे गर भन्यो त्यही गर्ने भए उनी, उनले त्यही नै गरे पनि, यो नाङ्गो र छर्लङ्ग हो ।

केपी ओलीको निष्ठा, एमालेको योगदान, जनताको भविष्य यी दुवैलाई मतलब गरेनन् । एमालेका नेता, कार्यकर्तालाई हेर्दै नहेर्ने, थर्काउने र आफूविना देशमा केही हुँदैन भन्ने अनौठो घमण्ड देखाउन थाले यी दुबै जनाले ।

कति काममा विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई गुमराहमा राखे, अरू पनि रहस्य म खोल्दै जानेछु, रोकिन्न, कुरेर बस्नु ।

खासगरी टेलिकममा चाइनिज कम्पनी हुवावेसँग मिलेर सिंगो टेलिकम बुझाए, अरबौंको खेल भयो, यही कुरा गोकुल बाँस्कोटाले रोक्न खोजेका थिए, उनैलाई डुबाई दिए ।

हुवावेले टेलिकमको कर्मचारीलाई त किनेकै थियो । त्यसमा २ जना गुरुङ सञ्चारमन्त्री, सञ्चार सचिव राधिका अर्याललाई मज्जाले परिचालन गरे विष्णु रिमालले ।

पार्वत गुरुङको पालामा फोर जी सेवा हुवावेको हालीमुहाली नै भएकै थियो । पछि नेटवर्किङको काम गरेको हुवावेलाई नै बिलिङ्ग सिष्टमको ठेक्का दिने काम भयो । यही कामका लागि विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङसहित मिलेर टेलिकमको प्रवन्ध निर्देशक संगीता पहाडीलाई ल्याइएको थियो ।

त्यो काममा आफूले विष्णु रिमाललाई ११ करोड पार्वत गुरुङकै रेष्टुरेन्टमा पुगी बुझाउनु परेको संगीता पहाडीले टेलिकमका केही अधिकारीलाई भनेकी थिइन् । उनी आज जिउँदै छिन् ।

पहिलेको त्यो ठेक्कामा मुद्दा परेको थियो, संगीता पहाडीलाई भ्ष्टाचार मुद्धा लाग्यो । विष्णु रिमाल, पार्वत गुरुङ र यो टिमलाई साथ दिनेलाई केही भएन ।

फेरि टेण्डर खुल्यो

पहिले आफैले हुवावेलाई हालीमुहाली गर्न दिएका पार्वत गुरुङले त्यो कामबाट पनि कति लिए होलान् ? विष्णु रिमालले त लिएको त छँदैछ । अहिले पनि टेलिकमको निमित्त प्रवन्ध निर्देशकलाई सर्वोच्च अदालतले रोकेर राखेको छ । अन्तर्राष्ट्रिय मान्यता विपरित हुने गरी कालोसूचीमा समेत परेको कम्पनीको साथमा यही हुवावेलाई ४ अर्बको बिलिङ्ग सिस्टमको काम एक/दुई दिनमै अघि बढाउँदैछन् भन्ने सुनिएको छ ।

तर, बिडम्बना टेलिकमका एमडी र सचिव त उही छन् । केही गरौं भनेर नयाँ आएका छन्, हाम्रा पत्रकारहरूका प्रतिनिधि र अरूलाई र्‍याखर्‍याखती पार्ने ती सञ्चारमन्त्री जगदीश खरेल ।

संयोग नै मानौै, जगदीश खरेल र पार्वत गुरुङ एकै जिल्ला दोलखाका हुन् । पार्वत गुरुङले अनेक गरेर हुवावेलाई नै यो काम दिन करबल गर्ने, प्रभावमा पार्न सक्ने बजार चर्चा सुरू भएको छ ।

फेरि सञ्चार सचिव राधिका अर्याल नपत्याउँदो तरिकाले नेपालको टेलिकम प्रणालीलाई चाइनिज कम्पनीलाई बुझाउन तल्लिन रहेको भन्ने आरोप छ ।

हेरौं, नयाँ मन्त्री जगदीश खरेलले ४ अर्बको यो विवादित कामलाई थप अध्ययन गर्नेछन् की पार्वत गुरुङको हिमालयन वायो किचेनको मेनुतिर ध्यान दिनेछन् ।

अब जगदीश खरेलले विष्णु रिमाल र पार्वत गुरुङका अघोषित एजेन्टहरूको कुरा सुन्छन की हिमालयन वायो किचेनमा जान्छन् । हेर्न बाँकी छ । खोजीरहने हो, लेखिरहने हो । शुभरात्रि ।

Published : Tuesday, 2025 September 23, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया