जेनजी आन्दोलनका बेला भागेका दुई विदेशी कैदी पक्राउ
काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भागेका दुई विदेशी कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
बालयौन दुराचार तथा जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार रहेका दुई जना विदेशी कैदी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कास्की कारागारबाट बाल यौनदुराचार मुद्दामा कैद भुक्तान गरिरहेका माइकल नोर्मेन टेलर र जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका जोसन लोड मुडी छन् ।
उनीहरूलाई सोमबार काठमाडौं महानगरपालिका–३ बाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)का डीएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् । उनीहरूलाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाउने भण्डारीले बताए ।
Published : Monday, 2025 September 22, 9:16 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया