मन्त्री बन्ने हल्ला बेकारकाे कुरा : मुख्यसचिव अर्याल
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्ने कुनै योजना वा रुचि नभएको स्पष्ट पारेका छन् ।
पत्रकारहरूसँगको कुराकानीमा उनले मन्त्री बन्ने चर्चालाई बेकारको हल्ला भन्दै हल्लाकाे पछि नलाग्न आग्रह गरेका छन् । उनले भने, “मलाई मन्त्री बन्ने रुची नै छैन, बेकारको हल्ला चलाइयो । मुख्यसचिव भइसकेको व्यक्ति मन्त्रीका लागि लोभ गरेको छैन, रुचि नै नभएको विषयमा के के हल्ला हुन्छ, त्यसको जवाफ के दिनु र ?”
यसअघि, अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय सम्हाल्ने गरी मन्त्री पदका लागि लबिङ गरेको आराेप लगाइएको थियाे । तर, अर्यालले यस्ता हल्लाहरू निराधार भएको जिकिर गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया