उर्जामन्त्री घिसिङ र भारतीय राजदूत श्रीवास्तवबीच भेट, भारतको साथ र सहयोग रहने

काठमाडौं । उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा राजदूत श्रीवास्तवले मन्त्री घिसिङसँग भेट गरेका हुन् । मन्त्री घिसिङलाई राजदूत श्रीवास्तवले बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

नेपालको उर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धता राजदूत श्रीवास्तवले व्यक्त गरेका छन् ।

नेपालको विकासका लागि भारतले सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री घिसिङले नेपालाई अहिले नेपालको शान्तिव्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।

Published : Sunday, 2025 September 21, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया