गोठाटार डोजाङद्वारा तेक्वान्दो मास्टर जगनलाई सम्मान

काठमाडौं । युएईलाई कर्मभूमि बनाई तेक्वान्दोको विकास र विस्तारमा योगदान गर्दै आएका अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर जगन अधिकारीलाई नेपाल आएको अवसर पारेर गोठाटार तेक्वान्दो डोजाङले कदर पत्रले सम्मान गरेको छ ।

नेपाल तेक्वान्दो संघसंग आवद्ध रहि विदेशी भूमिमा नेपाली राष्ट्रिय निर्णायकको रुपमा कार्य गर्दै नेपाल र नेपालीको पहिचान उच्च पार्दै विदेशी खेलाडीहरूलाई प्रशिक्षण प्रदान गर्दै आएका छन् । उनले अमेरिकाको शिकागो सहरमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर सेमिनारमा उत्कृष्ट प्रदर्शन गर्दै ‘आउट स्ट्यान्डिङ्ग पर्फरमेन्स अवार्ड’बाट सम्मानित भएका थिए । बिदेशी भूमिमा रहेर पनि नेपाली खेलाडी तथा तेक्वान्दो खेलकर्मीका लागि प्रेरणाको श्रोत बनेका अधिकारीलाई डोजाङले सम्मान गरेको छ ।

तेक्वान्दो मास्टर अधिकारीलाई गोठाटार तेक्वान्दो डोजाङका संस्थापक एवं अध्यक्ष प्रेम भण्डारी र डोजाङका सल्लाहकार एवं नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगीले अधिकारीलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

Published : Saturday, 2025 September 20, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया