संविधानभन्दा बाहिरको परिकल्पनाले मुलुकमा अस्थिरता बिजारोपण हुन्छ : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वर्तमान राजनीतिक स्थिरताको निकास अहिलेको संविधानबाट खोज्नुपर्ने बताएका छन् ।
शुक्रबार संविधान दिवसमा अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष गुरुङले भने, ‘मुलुकमा उत्पन्न वर्तमान राजनीतिक स्थिरताको निकास पनि यहि संविधानको अधिनमा रही खोजिनुपर्छ ।’
उनले भने, ‘वर्तमान संविधानभन्दा बाहिरको परिकल्पनाले मुलुकमा अस्थिरता बिजारोपण हुन्छ भन्ने हाम्रो ठम्याई छ । राष्ट्रको सम्मुन्नतिको आभास संविधानको सफलता, जनताको त्याग र बलिदानको रक्षा गर्नु हामी
सबैको साझा दायित्व र कर्तव्य हो ।’
अध्यक्ष गुरुङले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा ईतिहाँसमै प्रथम पटक जनताले जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको नेपालको संविधान २०७२ एक महत्वपूर्ण उपलब्धी हो ।’
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधानको संरक्षणलाई कायम गदै राष्ट्रको बृहत्तर हित, आर्थिक समृद्धिलाई अग्रसर गराउन संविधान दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।
‘बहुलबादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था, न्यायिक समानता र स्वतन्त्रताको लागि विभिन्न कालखण्डमा भएमो जनाअन्दोलन, संघर्षमा आफ्नो प्राणको आहुती दिने महान् शहीदहरूमा श्रद्धाजलि अर्पण गर्दै संविधान दिवस २०८२ को सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं,’ गुरुङले भने ।
‘संविधान जारी भएको एक दशकको आजको दिन सबैले गौरवको आभास गर्दै हर्षोल्लास साथ मनाउनुपर्छ,’ उनले भने, ‘संविधान दिवस २०८२को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूमा नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’
‘विभिन्न कालखण्डमा भएको जनआन्दोलन, संघर्षमा ज्यान गुमाउनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाजलि अर्पण गर्दछौं,’ अध्यक्ष गुरुङले भने ।
नेपाल तरुण दलले संविधान दिवसको अवसरमा शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा दीप प्रज्वलन गर्न लागेको छ । तरुण दलका अध्यक्ष गुरुङले पार्टी कार्यालयमा उपस्थित हुन तरुणहरूलाई आग्रह गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया