कार्की र मोदीबीच कुराकानी, शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न भारतको अटल समर्थन
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन कुराकानी गरेका छन् ।
बिहीबार कार्की र मोदीबीच टेलीफोन कुराकानी भएको हो । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत नेपालका प्रधानमन्त्री कार्कीसँग कुराकानी भएको जानकारी दिँदै शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न भारतको अटल समर्थन रहने जनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें । हालैको दुःखद् घटनामा ज्यान गुमाएकाप्रति गहिरो संवेदना व्यक्त गरें । शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ ।’
मोदीले संविधान दिवसको पनि शुभामना दिएका छन् । ‘भोलि (शुक्रबार) नेपालकै राष्ट्रिय दिवसको अवसरमा उहाँलाई र सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना पनि प्रेषण गरें,’ मोदीले भनेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया