अमेरिकाले जापानमा टाइफुन मिसाइल राखेपछि चीन डरायो
लण्डन । अमेरिकाले जापानमा दुई हजार किलो मिटरसम्म मार हान्न सक्ने मिड रेन्जको टाइफुन मिसाइल प्रणाली राखेको छ ।
अमेरिकाले टाइफुन मिसाइल प्रणाली जापानमा राखेपछि चीनको सातोपुत्लो उडेको छ । चीनले अमेरिकालाई टाइफुन मिसाइल प्रणाली हटाउन चेतावनी दिएको छ । चीनले टाइफुन मिसाइल प्रणालीको तैनाथीले दक्षिण चीन सागर क्षेत्रको रणनीतिक सुरक्षामा गम्भीर खतरा पुर्याउने बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनको गम्भीर आपत्तिलाई बेवास्ता गर्दै अमेरिका र जापानले संयुक्त सैन्य अभ्यासको नाममा टाइफुन मिसाइल प्रणालीको तैनाथी जारी राखेको आरोप लगाए ।
टाइफुन मिसाइल प्रणाली जमीनबाट प्रक्षेपण हुने हतियारले दुई हजार किलोमिटरसम्म मार हान्न सक्ने टम हक मिसाइलहरू प्रहार गर्न सक्छ । यसको अर्थ यसले दक्षिण चीन सागर, ताइवान स्ट्रेट र चीनका दक्षिणी भागहरूलाई पनि निशाना बनाउन सक्छ ।
जापानमा यो मिसाइल प्रणाली विशेषगरी संयुक्त सैन्य अभ्यास ‘रेजोलुट ड्रयागन’ का लागि तैनाथ गरिएको हो, जुन १६ देखि २५ सेप्टेम्बरसम्म चलिरहेको छ ।
यो अभ्यासमा १९ हजारभन्दा बढी अमेरिकी र जापानी सैनिकहरूले भाग लिइरहेका छन् । ताइवान, सेनकाकु टापु र पूर्वी चीन सागरमा तनावको बीचमा यो अभ्यास अमेरिका–जापान गठबन्धनको शक्ति प्रदर्शन गर्नका लागि गरिएको छ ।
हालै चीनको नयाँ विमानवाहक जहाज फुजियन जापाननजिकै देखिएपछि जापानको सुरक्षा चिन्ता बढेको छ । जापानले चीन, उत्तर कोरिया र रूसको मिसाइल धम्कीहरूको सामना गर्नका लागि मिड–टु–लङ रेन्ज मिसाइलहरूमा ध्यानकेन्द्रित गरेर आफ्नो शक्ति बढाउँदै छ । टाइफुनले फस्र्ट आइल्यान्ड चेन (जापान–ताइवान–फिलिपिन्सको रक्षा रेखा)लाई बलियो बनाउँछ ।
अमेरिकाले यो मिसाइल दक्षिण चीन सागरमा फिलिपिन्सनजिक तैनाथ गरेको थियो । त्यतिबेला पनि चीनले यसलाई लिएर आपत्ति जनाएको थियो ।
अमेरिकाले पहिलोपटक अप्रिल २०२४ मा टाइफुन प्रणाली फिलिपिन्स पठाएको थियो । यो संयुक्त सैन्य अभ्यासका लागि आएको थियो र यो नै यसको पहिलो विदेशी तैनाथी थियो । फिलिपिन्सले टाइफुन प्रणाली स्थायी रूपमा लिन रुचि देखाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया