अब्दुल खान समूहद्वारा अध्यक्ष डा.सीके राउतको राजीनामा माग

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान समूहले अध्यक्ष डा.सी.के. राउतको राजीनामा माग गरेको छ ।

खान नेतृत्वको समूहले अध्यक्ष डा.राउतका साथै संगठन विभाग प्रमुख डा.जयकान्त राउतको पनि राजीनामा माग गरेको छ । अध्यक्ष र संगठन विभाग प्रमुखलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन माग गरिएको छ । राजीनामा माग गरिए पनि अध्यक्ष र संगठन विभाग प्रमुखले राजीनामा दिने कुनै सम्भावना छैन ।

वरिष्ठ उपाध्यक्ष खानको समूहमा केन्द्रीय प्रवक्ता डा.शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सी.के. सिंह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमसहितका नेताहरू रहेका छन् ।

खान नेतृको समूहले राजीनामा माग गरेको पत्रमा भदौ २३ र २४ गते जेनजीको आन्दोलनले देशभर राजनीतिक भू–परिदृश्यमा नयाँ मोड ल्याएको उल्लेख गरिएको छ । नेताहरूले पार्टीभित्र समेत शुद्धीकरण आवश्यक भएको बताएका छन् ।

Published : Wednesday, 2025 September 17, 6:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया