जेनजी आन्दोलनको तनाबपछि सभामुख पाठकले दिए राजीनामा
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् ।
उनले नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।
‘गत भदौ २३ गते जैनजीको भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भाववियोल भएँ । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तरआत्मामा लाग्यो र भाद्र २४ गते नै सामाजिक संजालबाट राजिनामा गर्ने घोषणा गरेँ ।’
राजीनामा पत्रमा भनिएको छ, ‘प्राविधिक कारणले कानूनी प्रक्रिया पूरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’
पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित सांसद हुन् । उनलाई तत्कालीन सत्तारुढ गठबन्धन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र हाम्रो नेपाली पार्टीले समर्थन गर्दै सभामुखमा विजयी गराएका थिए ।
राप्रपाले जेनजीको आन्दोलनमा घुसपैठ गराएको आरोप लागेका बेला बागमती प्रदेशसभाका सभामुख पाठकले पदबाट राजीनामा दिएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया