जेनजीको आन्दोलनबाट डराएर भूमिगत भएका प्रचण्ड सार्वजनिक
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण भूमिगत भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक भएका छन् ।
मंगलबारदेखि दाहाल सार्वजकि भएका हुन् । दाहालले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर क्षति भएको भौतिक संरचनाको अवलोकन गरेका छन् । उनले जेनजी पुस्ताले आगो लगाएर क्षति गरेको पार्टी कार्यालयलाई भव्य बनाउने घोषणा गरेका छन् ।
भदौ २३ गतेदेखि शुरु भएको जेनजी आन्दोलन भदौ २४ गते हिंसात्मक भइ नियन्त्रण बाहिर गएपछि अध्यक्ष दाहाल भूमिगत भएका थिए । दाहालले प्रत्येक दिन फरक फरक घरमा सेल्ट लिएर बसेको स्रोतले जनाएको छ ।
जेनजी पुस्ताको आन्दोलनमा सहभागी प्रदर्शनकारीको सम्भावित आक्रमणबाट डराएर अध्यक्ष दाहाल भूमिगत भएका थिए । सहज अवस्था हुन थालेपछि दाहाल सार्वजनिक भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया