कांग्रेस पार्टी कार्यालय, सभापति देउवा, खड्का र डा.कोइरालाको निवासको खतिवडाद्वारा अवलोकन
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जेनजी आन्दोलनका नाममा घुसपैठ समूहबाट क्षति भएको पार्टी केन्द्रीय कार्यालयको स्थलगत अवलोकन गरेका छन् ।
आइतबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरूसहित पुगेका केन्द्रीय सदस्य खतिवडाले क्षति भएको पार्टी कार्यालयलाई पुनर्निर्माण गरिने बताए । घुसपैठ र अराजक समूहले कांग्रेसको केन्द्रीय कार्यालय जलाए पनि कांग्रेस र कांग्रेसको वीपी कोइरालाको विचारलाई जलाउन नसक्ने बताएका छन् ।
यसैबीच, सोमबार नेता खतिवडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको क्षति भएको बुढानिलकण्ठस्थित निवासको अवलोकन गरेका छन् । उनले मृत्युसँग नडराएर सभापति देउवा र केन्द्रीय सदस्य एवम् तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु राणा घरमै बसेको बताए । घर छाडेर सुरक्षित ठाउँमा जान भन्दा पनि सभापति देउवाले अस्वीकार गरेको उनले बताए ।
नेता खतिवडाले उपसभापति पूर्णबहादुर खड्काको क्षति भएको निवासको पनि अवलोकन गरेका छन् । उपसभापति निवासमा पनि घुसपैठ समूहले आगजनी गरेर क्षति पु¥याएको छ । कांग्रेस नेता डा.शेखर कोइरालाको निवासमा पनि पुगेर नेता खतिवडाले जलेको निवासको अवलोकन गरेका छन् ।
नेता खतिवडाले कांग्रेसका नेताहरूको घरलाई खोजी खोजी केही समूहले जलाउने, तोडफोड गर्ने, लुटपाट गर्ने जस्ता कार्य गरेको बताए । उनले भने, ‘जेनजी पुस्ताको आन्दोलन भ्रष्टाचारविरुद्ध थियो । बेथिति विरुद्ध थियो । कसैको घर जलाउने, लुटपाट गर्ने, तोडफोड गर्ने जेनजीको नीति होइन । छैन ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया