दुःखको बेलामा सभापतिजीलाई तपाईं हाम्रो साथ सहयोग, भरोसाको आवश्यकता छ : कांग्रेस नेता चौधरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले लोकतन्त्रको लागि संघर्ष गरेका सभापति शेरबहादुर देउवा र बहालवाला परराष्ट्रमन्त्री डा.आरजु राणामाथि ज्यान लिने उद्देश्यले सांघातिक आक्रमण भएको भन्दै निन्दा गरेका छन् ।
आइतबार नेता चौधरीले प्रेस नोट जारी गरेर भने, ‘आफ्नो जीवनको पूरा समय जनताको अधिकार, वाकस्वतन्त्रतता र लोकतान्त्रिक ब्यवस्थाको लागि लडेका पार्टी सभापति शेरबहादुर देउवा र बहाल रहेकै अवस्थामा पराष्ट्रमन्त्री डा.आरजु देउवा राणामाथि निर्मम अक्रमण गरिएको छ ।’
‘आदरणीय सभापति शेरबहादुर देउवा र डा.आरजु राणाप्रति गरिएको अमानवीय आक्रमणप्रति खेद प्रकट गर्दै उहाँहरू लगायत सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ नेता चौधरीले भने ।
‘देशमा अकल्पनीय घट्ना दुई दशकपछि फेरि पुनरावृत्ति भएको छ । अबोध बालबालिका लगायत तमाम नेपालीहरूको निर्ममतापूर्वक हत्या गरिएको छ,’ उनले भने ।
‘जेनजी पुस्ताको माग भ्रष्टाचार बिरोधी र समाजिक संजालमाथि लगाइएको प्रतिबन्धबिरुद्ध थियो । जुन जायज थियो,’ नेता चौधरीले भने, ‘जुन पार्टीभन्दा माथि उठेर एउटा उमेर समूहको नाममा गरिएको आन्दोलन थियो ।’
उनले भने, ‘यो आन्दोलनले कसरी हिंसामा रुपान्तरण भयो ? क–कसले निर्दोष युवाहरूको आन्दोलनमा आ–आफ्नो स्वार्थको रोटी सेके समयले पुष्टि गर्दै जाला ।’
‘अन्तमा यो आन्दोलनमा देशले थेग्न नसक्ने गरी आर्थिक तथा मानवीय क्षति ब्यहोर्नु प¥यो । सत्ता परिवर्तन गरिदियो । मुलुकमा आदिवासीजनजाति, थारु, मधेसी, दलित, मुस्लिम, महिला लगायतको अधिकार सम्पन्न संविधानमाथि हमला गरियो । गैह्र संवैधानिक बाटोबाट नयाँ सरकार गठन गरियो,’ उनले भने ।
‘हो संविधानलाई संशोधन गरेर वर्षौदेखि देशमा अधिकारबाट बञ्चित समुदायलाई थप अधिकार समपन्न बानाउँदै लैजान जरुरी छ,’ उनले भने, ‘संविधान नै समाप्त गर्ने गरी भई रहेको षड्यन्त्र कदापि स्वीकार गर्न सकिदैन ।’
‘नेपाली कांग्रेस आज फेरि षड्यन्त्रकारीहरूको निसानामा परेको छ । यस कठिन परिस्थितिमा कहिकतै नेतृत्वमा बिचलन आउनु हुँदैन,’ चौधरीले भने, ‘सभापतिजी अस्पतालको शैय्यामा हुनुहुन्छ उहाँको शीघ्र स्वास्थ्य लाभ होस् र त्यस पश्चात पार्टीले आफ्नो भावी कार्यदिशाको बारेमा निर्मम छलफल गरोस् ।’
‘हामी कहाँ चुक्यो ? अबको बाटो के के हुन सक्छन् ? दुःखको बेलामा सभापतिजीलाई तपाईं हाम्रो साथ सहयोग र भरोसा, तपाईं हाम्रो बलको आवश्यकता छ । सत्य यहि हो हामी कहाँ चुक्यो ?,’ उनले भने ।
‘जनभावनालाई बुझ्न् सकेनौ । हाम्रो भुल थियो । ईतिहासको यस कठिन क्षणमा फेरि एकजुट भएर कांग्रेसले युवा पुस्ताको भावनालाई बुझेर युग अनुसारको कांग्रेस बनाएर लानुको बिकल्प छैन,’ नेता चौधरीले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया