रवि जेलबाट फरार भएको केही दिनभित्रै केन्द्रीय सदस्य सुमनाले रास्वपा छाडिन्

काठमाडौं । व्यक्तिवादी चरित्र हाबी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य सुमना श्रेष्ठले पार्टी छोडेकी छिन् ।

आइतबार श्रेष्ठले रास्वपा छोडेको घोषणा गरेकी हुन् । ‘कहिलै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने,’ श्रेष्ठले भनेकी छन्, ‘अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडेँ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको आरोप समेत लगाएकी छन् । आफूले त्यति बेलादेखि नै आलोचना गर्दै आएको तर, त्यसले कत्ति पनि फरक नपारेको श्रेष्ठले बताएकी छिन् ।

‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर, त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मीडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन,’ उनले भनेकी छिन् ।

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा छन् । लामिछानेले पार्टीभित्र चलाएको व्यक्तिवादी चरित्रको श्रेष्ठले विरोध गर्दै आएकी थिइन् । श्रेष्ठले पार्टी छाडेपछि रास्वपाभित्र खैलाबैला भएको छ ।

रास्वपामा अन्य धेरै नेताहरूले पार्टी छाड्ने तयारी गरेका छन् । जेनजीको आन्दोलनको फाइला उठाएर सभापति लामिछाने नख्खु जेलबाट फरार भएपछि आलोचना भइरहेको थियो । कारागारले जेल प्रशासनसँग सम्पर्कमा आउन भनेपछि लामिछाने शनिबार नख्खु कागारामा सम्र्पक गरेर जेलमा बसेका छन् ।

Published : Sunday, 2025 September 14, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया