जेनजी आन्दोलनमा लुटिएको ३ सय ३० गोली सहित ८ जना पक्राउ
बनेपा । प्रहरीले काभ्रेको बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जनालाई पक्राउ गरेको छ ।
शनिबार साँझ पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुरको बकैया गाउँपालिका–६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेको विज्ञप्तिमा उल्लेख छ ।
यो समूहले जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानबाट प्रहरीको कार्यालयमा लुटपाट, आगजनी तथा तोडफोड गरेर गोलीहरू लुटेर भागेको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली सहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया