मृतक जेनजीहरूलाई शहीद घोषणा गर्ने निर्णय, मृतक परिवारलाई १० लाख दिने

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् ।

आइतबार पद ग्रहण गरे लगत्तै कार्कीले जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छिन् । उनले प्रत्येक मृतकका परिवारलाई १०/१० लाख दिने निर्णय पनि गरेकी छिन् ।

पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरेकी हुन् । कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो ।

प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेकी छिन् । उनले क–कसलाई मन्त्री बनाउने हुन् खुलेको छैन ।

Published : Sunday, 2025 September 14, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया