कोमल ओलीको होटलबाट जेनजीको नाममा भाले लुटपाट, आगजनी गर्नेविरुद्ध जाहेर दर्ता
तुलसीपुर । एमाले केन्द्रीय सदस्य एवम् गायिका कोमल ओलीले सञ्चालन गरेको ‘कोमल होटल एण्ड रिसोर्ट’बाट जेनजीको नाममा आगजनी गर्न पुगेको समूहले कुखुराका भाले समेत चोरेर लगेको छ ।
भदौ २४ गते भएको प्रदर्शनमा दाङको तुलसीपुरस्थित होटल र घरमा जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाट भएको थियो । लुटपाटका क्रममा एकजनाले व्यक्तिले होटलबाट दुई वटा कुखुराका भालेलाई हातमा झुण्ड्याएर बाहिरिन लागेको तस्बिर ओलीले सार्वजनिक गरेकी छिन् ।
होटल र घरमा आगजनी तथा लुटपाट गर्ने समूहविरुद्ध प्रहरीमा जाहेरी दिएको र कारबाही प्रक्रिया अगाडि बढेको ओलीले बताएकी छिन् । प्रहरीले पनि आगजनी तथा लुटपाटमा संलग्नहरूको खोजतलास शुरु गरिसकेको छ ।
एमाले नेतृ ओलीले आफ्नो होटलमा आगजनी गर्नेहरूको पनि तस्बिर साजनिक गरेकी छिन् । उनले होटलमा आगजनी तथा लुटपाट गर्नेहरूलाई कानूनी दायरमा ल्याउन माग गरेकी छिन् ।
ओलीले भनेकी छिन्, ‘जेनजी आन्दोलनका नाममा हाम्रो होटल र घरमा भएको बर्बर आक्रमण, आगलागी र लुटपाटका केही तस्बिर, भिडियो हामीलाई प्राप्त भएको छ । हामीले प्रहरीमा उजुरी दर्ता गराएका छौं । दोषीहरूलाई कानूनी दायरामा ल्याउन पहल भइरहेको छ ।’
‘यो घटनासम्बन्धी कुनै पनि जानकारी, फोटो वा भिडियो भए कृपया तुरुन्त प्रहरीलाई र हामीलाई जानकारी दिन विनम्रतापुर्वक अनुरोध गर्दछु,’ ओलीले भनेकी छिन् ।
‘हामीले सार्वजनिक सुरक्षाको लागि कदम चाल्दैछौं । केही तस्बिरहरू सार्वजनिक गरेकी छु । यहाँहरूले चिन्नु हुन्छ भने र आफ्नो छरछिमेकमा भए कृपया उनीहरूको नाम र ठेगाना बताइदिन हार्दिक अनुरोध गर्दछु । प्लिज प्लिज सहयोगको अपेक्षा छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया