जेनजीको प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्नहरूलाई सीआईबीले कारबाही गर्ने
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रदर्शनका क्रममा भएको चोरी तथा लुटपाटमा संलग्नहरूको बारेमा सूचना र जानकारी दिन आग्रह गरेको छ ।
शुक्रबार सीआईबीले प्रेस विज्ञप्ति जारी गरेर चोरी र लुटपाटमा संलग्नहरूबारे सूचना दिनुका साथै त्यस्ता सामानहरूको खरीद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएका छन् ।
‘चोरी तथा लुटपाटको कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सुचना दिन हुनर त्यस्ता सामानहरू प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन हुन समेत अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘अन्यथा यस्ता चोरी तथा लुटपाट भएका सामानहरुको खरीद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम अनुसन्धान गरी कारवाही हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिएको छ,’ सीआईबीले भनेको छ ।
सीआईबीको विज्ञप्तिमा भनिएको छ, ‘यहि मिति २०८२÷०५÷२३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, बैङ्क वित्तीय संस्था लगायतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नु पूर्व व्यस्ता भवनहरुमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमुल्य बस्तु, हातहतियार, अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरि लगी बजारमा बिक्री वितरण गरिरहेको भन्ने सूचना प्राप्त भएको हुँदा सो सम्बन्धमा यस ब्यूरो एवम् अन्य प्रहरी कार्यालयहरुबाट अनुसन्धान भइरहेको हुँदा त्यस्ता सरसामानहरूको खरिद तथा बिक्री नगर्न नगराउन हुन अनुरोध गरिएको छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया