जेनजीको नाममा अवान्छित तत्वले विध्वंस र लुटपाट गरे, कारबाही गर : नवलपरासीका तरुण र युवा
बर्दघाट । नेपाल तरुण दल, नवलपरासी लगायत ३ युवा संघ/संगठनले प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि जेनजीको नाममा केही अवान्छित तत्वले विध्वंस, आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटना गराएको जनाएका छन् ।
शुक्रबार नेपाल तरुण दलका सभापति सुकबहादुर गुरुङ्ग, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष धनप्रसाद भट्टराई र वाईसीएलका अध्यक्ष अनिल रजकले संयुक्त विज्ञप्ति जारी गरेर ती तत्वहरूलाई तुरुन्तै कानूनी कठघरामा उभ्याई कारवाहीका लागि माग गरेका छन् । उनीहरूले विध्वंसकारी गतिविधिप्रति सुरक्षा निकायहरूको गम्भीर समीक्षा गरिनु पर्ने समय आएको बताएका छन् ।
‘हामी नेपालका युवाहरू विगतका केही दिन यताका घटनाहरुबाट स्तब्ध र गम्भीर भएका छौं । जेनजीको आह्वानमा भएको आन्दोलनमा हालसम्म ३० जनाको मुत्यु र एक हजार जनाभन्दा बढी घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
‘योस्तरको मानवीय क्षति अत्यन्तै दुःखद् र हृदयविदारक र निन्दनीय छ । सम्पूर्ण मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘परिवारजनमा गहिरो समवेदना र सहानुभूति व्यक्त गदै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस घटनाको निष्पक्ष छानविन गरी दोषीहरूमाथि कानून बमोजिम कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौं ।’
उनीहरूले भने, ‘हामी विशेष गरेर आगामी राजनितिक यात्रा यस अधिका विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र तय गरिनु पर्छ भन्नेमा प्रष्ट छौं ।’
‘जेन जी युवाहरू समेत वर्तमान संविधानको रक्षा गर्दै अधि बढने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य मान्यतको अधिनमा रहेर मात्र गरिनु पर्नेमा जोड दिन चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
‘मुलुकको यस विषम परिस्थितीमा हामी सम्पूर्ण युवाहरूलाई संयमित र सजग रही नेपालको लोकतान्त्रिक गणतन्त्र राष्ट्रियता, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाको निमित्त दृढ भएर क्रियाशील रहन हार्दिक अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया