बलेफीका ७० वर्षीय जीवनाथ ताहाचलबाट पक्राउ, २० वर्षको सजाय

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महाराजगञ्जले ७० वर्षीय जीवनाथ तिमिल्सिनालाई काठमाडौंको ताहाचलबाट पक्राउ गरेको छ ।

तिमिल्सिनालाई अदालतले २० वर्ष कैद सजाय फैसला गरेको थियो । कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक जिल्लाको साविक माङ्खा गाविस वडा नं. ८ हाल बलेफी गाउँपालिका वडा नं. ६ घर भइ हाल काठमाडौंको ताचलमा बस्दै आएका तिमिल्सिनालाई सीआईबीको टोलीले २०८२ भदौ २२ गते ताहाचलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक युवराज खड्काले बताएका छन् । तिमिल्सिना ४५ वर्षपछि पक्राउ परेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

तिमिल्सिनाले २०३७ साल कात्तिक ७ गते सिन्धुपाल्चोक जिल्लाको साविक माङ्खा गाविस वडा नं. ७ मा जीतबहादुर तामालाई आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेका कर्तब्य ज्यान मुद्दाका फरार व्यक्ति हुन् ।

फैसला कार्यान्वयनका लागि प्रहरीले तिमिल्सिनालाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । तिमिल्सिनालाई अदालतले २० वर्ष कैद सजाय फैसला गरेको छ । तिमिल्सिना ४५ वर्षदेखि लुकीछिपी बस्दै आएका थिए ।

Published : Sunday, 2025 September 7, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया