पोखरामा पूर्जाको होटलमा प्रहरी छापा, ९ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको होटल म्याग्दीमा छापा मारेको छ ।

शनिबार पोखरा महानगरपालिका–२५ हेम्जा सुन्दरपुरी चोकस्थित म्याग्दी मालिका गाउँपालिका– ५ घर भएका ३३ वर्षीय धिरेन पूर्जाले संचालन गरेको होटल म्याग्दीमा प्रहरीले छापा मारेको जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा धिरेन समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्की र वडा प्रहरी कार्यालय, बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ७ सय ९० रूपियाँ र ४ बुक तास सहित पक्राउ गरेको छ ।

Published : Sunday, 2025 September 7, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया