अभिनेत्री रान्या रावलाई १ सय २ करोड जरिवाना

नयाँ दिल्ली । भारतको कन्नड फिल्म अभिनेत्री रान्या रावलाई राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले १ सय २ करोड भारतीय रुपियाँ जरिवाना गरेको छ ।

अभिनेत्री राव सुन तस्करी प्रकरणमा परेकी थिइन् । डीआरआईले सह–अभियुक्त तरुण कोंडाराजुलाई ६३ करोड रुपियाँ जरिवाना गरेको छ । ज्वेलर्स साहिल सकरिया जैन र भरतकुमार जैनलाई ५६÷५६ करोड रुपियाँ जरिवाना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मंगलबार डीआरआईका कर्मचारीहरूले बेंगलुरु केन्द्रीय कारागार पुगे र प्रत्येक अभियुक्तलाई जरिवानाबारे जानकारी गराएका छन् ।

मार्च ३ मा दुबईबाट फर्कने क्रममा रान्या राव सुनसहित पक्राउ परेकी थिइन् । रावलाई एक वर्षको जेल सजाय सुनाइएको थियो । विदेशी मुद्रा संरक्षण र तस्करी गतिविधि रोकथाम ऐन अन्तर्गत रावलाई सजाय सुनाइएको हो ।

Published : Wednesday, 2025 September 3, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया