गोरखाका विनोद पौने चार करोड रुपियाँ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको गंगबुमा पौने चार करोड रुपियाँसहित विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

मंगलबार श्रेष्ठलाई रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखाका श्रेष्ठले रकम मिटर ब्याजमा लगाउने गरेको खुलेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले श्रेष्ठको घरमा छापामारेको थियो ।

श्रेष्ठको घरबाट पौन चार करोड रुपियाँ र सुनका गहना बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसपी शेखर खनालले बताएका छन् ।

७७ वर्षीय श्रेष्ठले सुनका गहना धितो लिएर विभिन्न व्यक्तिलाई मिटर ब्याजमा रकम दिएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ ।

काठमाडौं उपत्यका प्रहरीमा विशेष सूचना आएपछि प्रहरीले श्रेष्ठको घरमा छापा मारेको थियो ।

Published : Tuesday, 2025 September 2, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया