पत्नीको हत्यापछि भान्सामा खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला
छत्रदेव । जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको अभियोगमा ३६ वर्षीय किरण गुरुङलाई पक्राउ गरेको छ ।
छत्रदेव गाउँपालिका–४ पातले बस्ने किरण गुरूङलाई सोमबार राति आफ्नी पत्नी सुमित्रा कुमाल गुरुङको हत्या गरेपछि पक्राउ गरिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
किरण गुरुङले सुमित्रा कुमाल गुरुङको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले किरण गुरुङलाई पक्राउ गरेको थियो ।
प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुमित्राको शव फेला पारेको थियो । हत्याको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Tuesday, 2025 September 2, 12:38 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया