ईन्टरपोलबाट रेड नोटिस जारी भएकी सरिता पक्राउ
काठमाडौं । ठगी मुद्दामा ईन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी सरिता घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १ घर भएकी सरिता पक्राउ परेकी हुन् ।
युएईमा पक्राउ परेकी सरितालाई ठगी मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।
ठगी मुद्दामा संलग्न रही फरार रहेकी सरितालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते सरिताविरूद्ध रेड नोटिस जारी भएको थियो ।
सरितालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि इलाका प्रहरी कार्यालय, इटहरी, सुनसरी बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया