नेपाल बुद्धिचाल महासंघद्वारा बृहत् चेस प्रतियोगिता सञ्चालन
काठमाडौं । कजाकिस्तान चेस फेडरेसनको सहयोगमा दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स युथ, क्याडेट र गर्ल्स चेस च्याम्पियनसिपमा शुरु भएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल बुद्धिचाल महासंघको आयोजनामा पहिलो दिन सञ्चालन भएको बुद्धिचाल प्रतिस्पर्धामा नेपालका ५४४ युवा खेलाडीहरूले उत्साह जनक सहभागिता जनाएका छन् ।
स्पर्धामा नेपालका २१२९ रेटेड सीएम पुरुषोत्तम सिलवालले उत्कृष्ट खेल प्रदर्शन गर्दै शीर्ष स्थानमा रहन सफल भएका छन् ।
नेपालका युवा १८ वर्षमुनिको खेलमा १६८८ रेटेड अदीप गुरुङ, पभेलियन चेस एकेडेमीका १६९१ रेटेड अनुगमन गौतम, १६५३ रेटेड विशेष शाहि लगायतका ६ जना खेलाडीले पूर्ण अंक बनाउन्दै अग्रस्थानमा रहन सफल भएका छन् ।
छात्रातर्फ युवा १६ वर्षमुनि प्रतिमा बास्कोटा, पूर्णिमा गुरुङ, नवीना राई, यशस्वी शर्माले समान दुई अङ्क हासिल गर्दै अग्रस्थानमा रहन सफल भएका छन् ।
नेपालका ओलम्पियन खेलाडी रिया श्रेष्ठ र संस्कृति गजुरेलले बराबरी खेल्दै १.५ अङ्क प्राप्त गरी दोस्रो स्थानमा उभिएका छन् ।
छात्रा युवा १४ वर्षमुनि ललितपुर नाइटिङ्गेल स्कुलकी दिया श्रेष्ठ, भक्तपुर खोप्रिङ स्कुलकी श्रेष्ठ दुवाल र मोक्षदा स्कुलकी सुवानी बास्कोटा पूर्ण तीन/तीन अङ्क प्राप्त गर्दै संयुक्त अग्रस्थानमा रहन सफल भएका छन् ।
छात्रा युवा १२ वर्षमुनि नयूमा मगर, भावना वोली, अनीषमा तामाङ, प्रविष्ट दवाडी, उज्जिवनि कँडेल, सान्वि पौडेल, ऐना शाही, निहाना श्रेष्ठ र प्रसिद्धि थापाले समान दुई अङ्क जोडेर अग्रस्थानमा रहन सफल भएका छन् ।
छात्रा युवा १० वर्षमुनि पेभिलियन चेस एकेडेमीका अग्रता आचार्य, फ्युचरस्टार एकेडेमीका ललितपुरका ग्लोसी श्रेष्ठ र अन्नपूर्ण स्कुलका दृष्टिना बस्नेत अङ्क जोडेर अग्रस्थानमा उभिन सफल भएका छन् ।
छात्रा युवा ८ वर्षमुनि महालक्ष्मी चेस एकेडेमी ललितपुरका शुभाश्री श्रेष्ठ र अन्नपूर्ण सेकेन्डरी स्कुलका सारा तामाङ समान ३ अङ्क जोडेर अग्रस्थान छन् ।
प्रतिस्पर्धामा युवातर्फ ८, १०, १२, १४ र १६ वर्ष छात्रतर्फका प्रतिस्पर्धाहरू जारी रहेका छन् ।
महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार शुक्रबार बिहान नेपाल आइपुगेका सुपर ग्रान्ड मास्टर भिक्टर बोलोगन तथा अर्का सुपर ग्रायण्ड मास्टर धर्मेन साद्भाकासोभले २० जना नेपाली युवा खेलाडीहरूसँग एकैपटक सिमुलटानियस चेस खेलेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया