बलत्कार आरोपी मधेशका पूर्वप्रदेश प्रमुखलाई पुर्पक्षमा राख्ने आदेश पाटनद्वारा सदर
काठमाडौं । उच्च अदालत पाटनले मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झालाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ ।
बिहीबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो ।
जिल्ला अदालत काठमाडौंका साउन १४ गते न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । झालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
जिल्लाले थुनामा पठाएपछि झाले वेरितको निवेदन लिएर उच्च अदालत पुगेको थिए । उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।
साउन ४ गते पक्राउ परेका झालाई ९ दिनमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा झाले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो । झाले आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका थिए । उनी मधेश प्रदेशको प्रदेश प्रमुख भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया