विवादै विवादमा परेको रास्वपाद्वारा विद्यादेवीलाई सरकार र ओलीविरुद्धका उस्काउन हर्कत

काठमाडौं । पूर्वराष्ट्रपति एवम् एमाले नेतृ विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि विवादमा परेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले भेट गरेका छन् ।

मंगलबार बिहान काठमाडौंको बुढानिलकण्ठ, भंगालस्थित भण्डारीको निवासमा प्रवक्ता झा भेटका लागि पुगेका हुन् । झाले भण्डारीलाई भेट गरेर एमाले र सरकारविरुद्ध उकास्ने प्रयास गरेको आरोप लागेको छ ।

एमाले नेतृ भण्डारीले सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको बचाउ गरेकी छिन् । प्रवक्ता झासँग भण्डारीले लामिछानेलाई पुर्पक्षका लागि कारागारमा राखिएकोमा आफू सन्तुष्ट नरहेको बताएकी छिन् ।

प्रवक्ता झाले भने, ‘रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ ।’

एमालेको गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको छ । भण्डारीले एमालेमा समानान्तर गतिविधि गरेर गुट चलाउँदै आएकी छिन् ।

रास्वपाले भण्डारीलाई भेटेर सरकार र प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीविरुद्ध उकास्ने प्रयास गरेको छ ।

Published : Tuesday, 2025 August 26, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया