राजनीतिक इमान्दारिता देखाउँदै कुरा नलुकाइ सिंहले गर्वका साथ सभापति पदबाट राजीनामा दिए
काठमाडौं । नेपाली कांग्रेस, सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले सभापति पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा सिंहले राजीनामा पत्र बुझाएका हुन् । उनले भने, ‘पछिल्लो पटक ममाथि लगाइएको मुद्दाको सन्दर्भमा सम्मानित अदालतले निर्णय गरेको अवस्था छ । सम्मानित अदालतले गरेको निर्णय मान्ने मेरो कर्तव्य हो । तर, उक्त निर्णयले मलाई अन्याय भएको मेरो ठहर छ ।’
‘ममाथि भएको अन्यायको म व्यक्तिगत रुपमा मेरो कानूनी तथा न्यायिक लडाइँ लडिरहनेछु । साथमा मेरो राजनीतिक लडाइँ जारी नै रहेछ,’ सिंहले राजीनामा पत्रमा भनेका छन् ।
‘सम्मानित अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधान बमोजिम म सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन,’ सिंहले भने, ‘यसकारण म नियम कानून र पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।’
२०५६ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाबाट पार्टीको सदस्यता लिएका सिंह सर्लाही कांग्रेसको कार्यसमितिमा दुई कार्यकाल उपसभापति रहेका थिए ।
सिंहले २०७८ साल फागुन २९ गतेदेखि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति भएर आफ्नो जिम्मेवारी बहन गरिरहेका थिए ।
सिंहले आफूलाई अदालतबाट भएको फैसला र सोही कारणले सभापति पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामा पत्रमा सिंहले इमान्दारिताका साथ आफूले के कारणले राजीनामा दिएको हो भन्ने उल्लेख गरिदिएका छन् । कुनै कुरा लुकाएका छैनन् । सिंहले गर्वका साथ सभापति पदबाट राजीनामा दिएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया