बडी बिल्डर कविराज कटुवाल पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले बडी बिल्डर कविराज कटुवाललाई पक्राउ गरेको छ ।
कटुवाललाई प्रहरीले अनुचित लेनदेन (मिटरब्याजी)को आरोपमा पक्राउ गरेकाे जनाएको छ । कटुवाल सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वठा नं. निवासी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएका छन् ।
पक्राउ परेका कटुवालमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीले पत्रकारहरूलाई बताएका छन् ।
कटुवालले पीडितलाई एक करोड ४० लाख रुपैयाँ ऋण दिएको र पीडितले चार करोड ८६ लाख रुपियाँ फिर्ता गर्दासमेत धम्की दिँदै थप रकम मागेको आराेप लागेकाे छ ।
Published : Wednesday, 2025 August 20, 12:54 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया