पाल्पालाई दोस्रो रणउजिरेश्वरी भगवती कपको उपाधि
माधव अर्याल
तानसेन । दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि पाल्पा जिल्ला भलिबल संघले चुमेको छ ।
गत साउन २८ गतेदेखि सुरु प्रतियोगिताको सोमबार तानसेन टुँडिखेलमा सम्पन्न फाइनल प्रतियोगितामा फरइभर जापान जोकियो भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको हो ।
पाल्पा भलिबल क्लबले २५–१७, २२–२५, २६–२८, २५–२१ र १३–१५ को सेटमा जापान टोकियो भलिबल क्लबलाई पराजित गरेको हो । पहिलो भएसंगै जिल्ला भलिबल संघ पाल्पाले नगद एक लाख ७५ हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता भएसँगै फरइभर जापान जोकियो भलिबल क्लबले नगद १ लाख २५ हजार ट्रफी र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जिएम समाज नवलपुरलाई ३–१ ले पछि पार्दै तेस्रो भएको छ । मणिमुकुन्दले २८–२६, २५–१४, २१–२५ र २५–१६ को सेटमा नवलपुरलाई पछि पारेको हो । तेस्रो भएसंगै ६० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । सान्तवना भएको नवलपुरले ३० हजार नगद ट्रफी र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ५ टिमको सहभागिता रहेको थियो । विद्यागततर्फ उत्कृष्ट खेलाडी हिमाल सुनारी, बेष्ट सर्भर अशोक श्रेष्ठ, डिफेन्सतर्फ राजन दर्लामी, ब्लकर लोचन आले, सेटरमा दिपेश कुँवर, स्पाइकर सञ्जुविक्रम शाह भएको श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण आलेले जानकारी दिए ।
महिलातर्फ निस्दी भलिबल क्लबलाई पछि ३–० को सेटमा पछि पादै चण्डेश्वरी युवा क्लब रिब्दीकोट–६, ठिमुरे पहिलो भएको छ ।
उसले २५–१३, २५–२० र २५–२३ को सेटमा पछि पार्दै पहिलो भएको हो । पहिलो भएसंगै प्रथम हुने चण्डेश्वरीले ३० हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । दोस्रो भएको निस्दीले नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । महिलातर्फ तेस्रो भएको कानुङ भलिबल क्लब पाल्पाले ३–० को सेटमा न्यु होराइजन भलिबल क्लब तानसेनलाई पछि पार्दै तेस्रो भएको छ ।
तेस्रो हुने कानुङ भलिबल क्लबले १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाए भने सान्त्वना भएको न्यूहोराइजन हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकको भनाइ छ । विद्यागत महिलातर्फ उत्कृष्ट खेलाडी अनिसा रोका, डिफेन्समा रस्मिता गुरुङ, ब्लकर लोकमाया बयम्बु, सेटरमा प्रतिभा चौधरी, स्पाइकर सोइ थापा र सर्भरमा रिचा गाहा भएको श्रीनगर भलिबल क्लबका सचिव दीपक चौहानले जानकारी दिए ।
विजेता टिम तथा खेलाडीलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्णबहादुर आले, नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ लगायतले नगद पुरस्कार, ट्रफि, प्रमाणपत्र बितरण गरेका थिए । स्वास्थ्यमन्त्री सारुले देश तथा विदेशमा नाम राख्ने खेलकुदको माध्यम भएकाले तल्लो तहबाटै खेलकुदलाई प्राथमिकता दिएर अघि बढाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनी प्रदेश सरकारले पनि खेलुकदको क्षेत्रलाई महत्वका साथ हेरेर सोही अनुसारको बजेट व्यवस्थापन गर्दै आएको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया