कांग्रेसको भ्रातृ संस्था मगर संघमा सर्वसम्मत कार्यसमिति चयन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशनले इच्छुराम राना मगरको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

साउन ३१ गते कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा सम्पन्न महाधिवेशनले इच्छुरामको सभापतित्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिका संयोजक अमरसिंह पुनद्वारा जारी सूचनामा उल्लेख छ ।

उपसभापतिहरूमा कृष्ण थापा मगर, उमा थापा मगर र जनककुमार बाँठा मगर चयन भएका छन् । महामन्त्रीमा रामबहादुर थापा मगर, सहमहामन्त्रीमा हस्त पुन र सरिता राना मगर चयन भएका छन् । कोषाध्यक्षमा गायत्री राना मगर चयन भएकी छिन् ।

सदस्यहरूमा बमेन्द्रबहादुर बुर्जा मगर, मानबहादुर मगर, ओमबहादुर मगर, रामेश थापा मगर, सुरेश थापा मगर, देवीकुमारी बुढा, गोपाल राना मगर, नारायण जिएम चयन भएका छन् ।

जगतबहादुर राना मगर, सकुन्तला मगर, भगवानबहादुर दर्लामी मगर, चन्द्रिकाकुमारी मगर, बुद्धिबहादुर पुलामी मगर, उर्मिलाकुमारी पुलामी, यामबहादुर राना, केशकुमारी राना, प्रेमबहादुर कामु मगर, धनकुमारी राना, कमल घर्ती मगर, चन्द्र आले मगर, प्रेमबहादुर सुर्जा मगर, र रिनादेवी मगर सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

Published : Saturday, 2025 August 16, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया