मुख्यमन्त्री बानियाँलाई असहयोग गर्ने लामा समूहका ३ सांसदलाई मन्त्री बनाउनु हुँदैन : महर्जन
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले पार्टीभित्र विवाद निम्त्याउन भूमिका खेल्नेहरूलाई मन्त्री बनाउन नहुने बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत सचिव महर्जनले तत्कालीन मुख्यमन्त्री बहादुरसिं लामाको पक्षमा उभिएर वर्तमान मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको विपक्षमा उत्रिएका ३ जनालाई मन्त्री बनाउन नहुने सुझाव दिएका हुन् ।
निवर्तमान मुख्यमन्त्री लामाले आफ्नो समूहका ३ जनालाई मन्त्री बनाउन बार्गेनिङ्ग गरिरहेका छन् । मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने क्रममा मंगलबार लामाले आफू निकटका केही सांसदलाई लिएर हिँडेका थिए । कांग्रेसको ह्वीप उल्लंघन गर्ने हर्कतसम्म गरेका लामालाई कारबाही गर्ने चेतावनी नेतृत्वबाट आएपछि बाध्य भएर लुसुक्क परेर बानियाँलाई विश्वासको मत दिएका थिए ।
महर्जनले भने, ‘बहुमत सांसद सहितको अविश्वास प्रस्ताव दर्ता भई संसदीय दलको मतदानको प्रक्रिया अगाडि बढी सकेपछि विवाद निम्त्याउनको निम्ति ३ जना मन्त्री नियुक्ति, हामी जो संसदीय दलका नेता वर्तमान मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई मतदान गर्ने २२ जना सांसदहरूलाई मान्य हुने छैन ।’
‘अनि जो संसदीय दलको नेता बनाउन अहम् भूमिका खेल्ने २२ जना सांसदहरूलाई अन्याय हुँदैन ?,’ सचिव महर्जनले भने, ‘३१ महिना अगाडि वर्तमान मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले १६ मत ल्याएर ३ मतले पराजित हुनु भयो ।’
‘त्यति बेला ईन्द्रबहादुर बानियाँले भागबन्दा खोज्नु भएन, बहादुरसिं लामाको पूरा कार्यकाल सहयोग गर्नु भयो,’ महर्जनले भने, ‘१ वर्ष अगाडि आधा/आधा मुख्यमन्त्री हुने लिखित सहमति पालना नभएपछि बाध्य भएर शीर्ष नेताहरू र माननीयहरूको सल्लाह अनुसार ईन्द्रबहादुर बानियाँले अविश्वास प्रस्ताव दर्ता गरेको हो ।’
‘हामी ५ जना मन्त्रीले शीर्ष नेताहरूको सल्लाह अनुसार राजीनामा दिएर ईन्द्रबहादुर बानियाँलाई समर्थन गरेको हो’, सचिव महर्जनले भने, ‘सत्य कुरा के हो भने यदि ईन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलसँग सहकार्य गरेर अहम् भूमिका नखेलेको भए, बजेट पास हुने स्थिति बन्ने थिएन ।’
सचिव महर्जनले भने, ‘त्यो साहस क्षमता ईन्द्रबहादुर बानियाँसंग थियो र बजेट पास भयो । त्यतिखेरका मुख्यमन्त्री बहादुरसिं लामा र अर्थमन्त्री कुन्दन काफ्लेले हरेस खाइसकेका थिए । सत्य कुरा यहि हो । किनकी प्रत्यक्षदर्शी म थिएँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया