कांग्रेस सांसद खाँद्वारा मर्चवार क्षेत्रमा विकास योजनाबारे स्थानीयसँग छलफल

लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका सांसद एवम् पूर्वमन्त्री वसीउद्दीन खाँले आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजना लगायतका विषयमा स्थानीयसँग छलफल गरेका छन् ।

मंगलबार सांसद खाँले रुपन्देहीको मर्चवार क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा विकास निर्माणका लागि बजेट विनियोजन भएका ठाउँहरूमा स्थलगत निरीक्षण एवम स्थानीय जनप्रतिनिधि तथा जनसमुदायसंग छलफल, भेटघाट गरेका हुन् ।

कांग्रेस सांसद खाँले आफ्नो निर्वाचनमा आर्थिक वर्ष २०८२/८३ का लागि उल्लेख्य योजना र बजेट ल्याउन सफल भएका छन् । स्थानीयको मागअनुसार खाँले योजनाहरू ल्याएको भन्दै योजनाहरू समयमा पूरा गर्न स्थानीय जनता र जनप्रतिनिधिहरूको सहयोग आवश्यक रहेको बताएका छन् ।

Published : Tuesday, 2025 August 12, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया