सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यमा डा.चौलागाईं नियुक्त

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्रधिकरणको विज्ञ सदस्यमा डा. रमेश चौलागाईं नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले डा.चौलागाईंलाई सदस्य नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकका पूर्वउपनिर्देशक डा.चौलागाईं सहकारी क्षेत्रका विज्ञ हुन् ।

प्राधिकरण अध्यक्ष तथा विज्ञ सदस्य नियुक्त सिफारिस समितिले डा.चौलागाईसँगै नारायणप्रसाद पौडेल र सहदेव बस्नेतलाई सिफारिस गरेको थियो । सरकारले सिफारिस समितिले पठाएका ३ मध्ये डा.चौलागाईंलाई विज्ञ सदस्य नियुक्त गरेको छ ।

डा.चौलागाईंको नियुक्तिसँगै प्रधिकरणले पूर्णता पाएको छ । जटिल बन्दै आएको सहकारीलाई नियमनको दायराभित्र ल्याउन सरकारले प्राधिकरण गठन गरेको थियो ।

Published : Tuesday, 2025 August 12, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया