तरुण अध्यक्ष गुरुङद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना प्रदान

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को शुभकामना प्रदान गरेका छन् ।

मंगलबार अध्यक्ष गुरुङले शुभकामना सन्देश जारी गरेर भने, ‘अन्तर्राष्ट्रिय युवा दिवस, अगस्ट १२ को अवसरमा, नेपाल तरुण दल केन्द्रीय समिति नेपाल र बाहिर बसोबास गर्ने सबै नेपाली युवाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ ।’

‘प्रत्येक वर्ष अगस्ट १२ मा, व्यक्ति, परिवार, समुदाय, राष्ट्र र सम्पूर्ण विश्वको विकासमा युवाको भूमिकाको महत्वलाई उजागर गर्न विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँन्छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को नारा एसटीजीएस र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरूले समुदायस्तरमा युवाहरूले नेतृत्व गरेका पहलहरूलाई जनाउँछ जसले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूमा योगदान पु¥याउँछ गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता र सम्मानजनक काम प्राप्त गर्न मद्दत, साथै अन्य स्थानीय वा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने गर्छ ।

अध्यक्ष गुरुङले भने, ‘हाम्रो देश नेपालमा, अन्तर्राष्ट्रिय युवा दिवस २०२५ संयुक्त राष्ट्र संघले अगाडि सारेको मूल नारालाई आत्मसात् गर्दै र दिगो विकासको सार र सुनौलो भविष्य, समृद्धिको आधारको रूपमा स्थानीय युवा सहभागिता’ भन्ने विषयवस्तु राखेर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदैछ ।’

‘हाम्रो देश नेपालको सन्दर्भमा पहिले जस्तै युवाहरूको संख्या घट्दै गएको छ । रोजगारी, अध्ययन र अवसरहरूको लागि विदेश जाने युवाहरूको संख्या बढेको छ,’ उनले भने, ‘नेपालले अझै पनि देश भित्रका विभिन्न सम्भावित क्षेत्रहरूमा आफ्नो युवा शक्तिलाई उपयोग गर्न सकेको छैन ।’

‘युवाहरूलाई देशमा राख्न नेपालले रोजगारी सिर्जना, शिक्षा र सीप विकास, उद्यमशीलता सहयोग, पूर्वाधार विकास जस्ता निश्चित मापदण्डहरूमा ध्यान दिनुपर्छ र लगानी गर्नुपर्छ,’ तरुण अध्यक्ष गुरुङले भने ।

Published : Tuesday, 2025 August 12, 1:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया