नापी कार्यालय, कलंकीका कार्यालय सहयोगी घूसको रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकी, काठमाडौंका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३ हजार घूससहित पक्राउ परेका छन् ।

सोमबार अख्तियारको टोलीले कुँवरलाई नापी कार्यालय परिसरबाट पक्राउ गरेको जनाएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घूस मागेका थिए ।

अख्तियारले नापी कार्यालय, कलंकीका कार्यालय प्रमुखको मोबाइल २ थान, सोही कार्यालयका सर्भेक्षकको मोबाइल १ थान र कार्यालय सहयोगी कुँवरको साथबाट घूसवापत लिइएको १३ हजार नगन र मोबाइल १ थान बरामद गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन् ।

Published : Monday, 2025 August 11, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया