मझगावा पोष्टका सशस्त्र प्रहरीका जवान खत्री पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई १५ हजार रूपियाँ घूसको रकमसहित पक्राउ गरेको छ ।

सोमबार रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान खत्री घूसको रकमसहित पक्राउ गरेको हो ।

खत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले १५ हजार रूपियाँ घूस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताएका छन् ।

Published : Monday, 2025 August 11, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया