चीन निकट खनाल र श्रेष्ठबीच भेट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

आइतबार काठमाडौंको डल्लुस्थित नेता खनालको निवासमा उनीहरूका बीच भेट भएको हो । खनाल र श्रेष्ठ दुबैजना चीन निकट मानिन्छन् । चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न र नेपालका कम्युनिस्ट पार्टीबीच एकताका लागि दवाव दिएको भनेर चर्चा भइरहेका बेला खनाल–श्रेष्ठको भेट भएको छ ।

यसअघि, उपाध्यक्ष श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र शुक्रबार मात्र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालसँग भेट गरेका थिए ।

Published : Sunday, 2025 August 10, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया