झापामै राप्रपा अध्यक्ष लिङदेनका उम्मेवारको लज्जास्पद हार

दमक । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पद हत्याउन पदीय हैसियत र नैतिकता भुलेर गुटको भेला समेत गर्ने राजेन्द्र लिङदेनलाई गृह जिल्ला झापामै बलियो झापड मिलेको छ ।

शनिबार सम्पन्न दमक नगर अधिवेशनमा लिङदेन प्यानलका नगर समिति अध्यक्ष उम्मेद्वार राजकुमार योङयालाई हराउँदै लोकप्रिय, परिपक्व स्थानीय नेता हेम सुवेदी विजयी भएका छन् ।

पुराना नेता सुवेदीले १९ मत पाए भने नयाँ भनिएका योङयाले १३ मत प्राप्त गरे । मतको रुझान स्पष्ट देखिएपछि मतगणना नसकिँदै योङया अधिवेशनस्थल छाडेर गएको एक अधिवेशन प्रतिनिधिले बताए ।

इतर पक्षको उम्मेद्वार सुवेदीले अध्यक्ष लिङदेन प्रमुख अतिथि भएकै नगर अधिवेशनमा चुनाव जिते भन्ने चर्चा देशभर व्यापक भएपछि सुवेदीमाथि समाचार खण्डन गर्न दवाब परेको स्रोत बताउँछ ।

सुवेदीबाट खण्डन नआएपछि, लिङदेन पक्षले अधिवेशन सर्वसम्मत भएको चर्चामा ल्यायो जबकि निर्वाचन समितिले मतगणना गर्दा सुवेदीको पक्षमा १९ मत र योङयाको पक्षमा १३ मत परेको थियो ।

Published : Sunday, 2025 August 10, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया