व्यवस्थापनको नेतृत्व लिन ‘ए’ र ‘बी’ ब्लकका कैदीबीच झडप, गेटमा प्रेसर कुकर
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले कैलाली कारागारभित्रका नेतृत्व लिने विषयमा ब्लक ‘ए’ र ब्लक ‘ब’का कैदीबीच झडप हुँदा एकजनाको मृत्यु भएको बताएका छन् ।
शनिबार कैलालीको धनगढीस्थित जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गरेर सीडीओ हमालले भने, ‘कारागारभित्र रहेका कैदीहरूको आन्तरिक व्यवस्थापनमा नेतृत्व कसले लिने भन्ने सन्दर्भको विषयले नै उनीहरूको लडाइँको कारणले गर्दा झडप भएको अवस्था छ ।’
उनले भने, ‘कारागारमा ब्लक ‘ए’ र ब्लक ‘बी’ दुई वटा ब्लक छुट्टाछुट्टै छन् । ब्लक ‘ए’ र ब्लक ‘बी’मा केही कैदीहरू बस्दै आएका छन् । ब्लक ‘ए’का कैदी र ब्लक ‘बी’का कैदीबीच अस्ती सामान्य झडप भएको थियो । २/३ जना घाइते पनि भएका थिए । हानाहान गर्दा ।’
‘हिजो शुक्रबार जिल्लाको सुरक्षा समिति गएर दुबै टोलीलाई राम्रोसँग सम्झाएका पनि छौँ । उनीहरूको टिम सहमति भएको पनि थियो,’ सीडीओ हमालले भने, ‘राति एक्कासि ब्लक ‘ए’का कैदीले ब्लक ‘बी’का कैदीलाई आक्रमण शुरु गरेको अवस्था छ । झडप र आक्रमणमा परेर एकजनाको मृत्यु भएको छ ।’
सीडीओ हमालले भने, ‘हाम्रो चासो भनेको घाइते भएकाहरूलाई यथाशीघ्र उपचार गराउने भन्नेछ । कारागारभित्रको शान्ति सुरक्षा कायम गर्न हामी लगिपरेका छौँ । कारागाभित्र जिल्लाको सुरक्षा टोलीलाई छिर्न सक्ने अवस्था छैन । गेटमा प्रेसर कुकरहरू राखेर अबरोध भएको छ ।’
‘कारागारको सुरक्षाको विषयमा अत्यन्तै सम्वेदनशील छौँ । कारागार सम्वेदनशील ठाउँ हो । हामीले सुरक्षाको दुइटा टोली पनि परिवर्तन गरेका छौँ । कारागारभित्रको आन्तरिक प्रशासनमा प्रहरी पनि भित्र जाँदैन,’ उनले भने ।
‘कारागारको कर्मचारी पनि बेलाबेला सुरक्षाको अनुगमन गर्न जाने हो । भित्रको प्रशासन कैदीबाट नै सञ्चालन हुन्छ । हामीले दुइटा समूहलाई सँगै रहन दिँदा घटना भएको छ,’ हमालले भने ।
‘भित्र करीव १२५ जनाको संख्यामा कारागारको क्षमता हो । अहिले ६ सय ५० भन्दा बढि छन् कैदीहरू । ठूलो संख्या भएको हुनाले पनि समन्वय गर्न केही समस्या भएको छ,’ सीडीओ हमालले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया