सांस्कृतिक विविधता र आदिवासी समुदायको योगदानको सम्मान गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्व आदिवासी जनजाति दिवसका अवसरमा शुभकामना दिएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले विश्व आदिवासी जनजाति दिवस २०२५ को अवसरमा आदिवासी जनजातीको अधिकार, पहिचान र सांस्कृतिक धरोहरको संरक्षणमा प्रदेश सरकार सदैव प्रतिबद्ध रहने बताए ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा बसोबास गर्ने सम्पूर्ण आदिवासी जनजाति समुदायलाई शुभकामना दिँदै सांस्कृतिक विविधता र आदिवासी समुदायको योगदानलाई सम्मान गर्नुपर्ने बताएका छन् ।
यस वर्षको नारा आदिवासी जनजातिहरू र कृत्रिम बौद्धिकता अधिकारको रक्षा, भविष्यको निर्माण रहेको उल्लेख उनले बताए । मुख्यमन्त्री बानियाँले आदिवासी जनजातीको पहिचान, परम्परा र ज्ञान प्रणालीको संरक्षण गर्दै नयाँ अवसरहरू सिर्जना गर्न सबैको साझा भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
मुख्यमन्त्री बानियाँले तामाङ, नेवार, गुरुङ, मगर, थामी, चेपाङ, भोटे, थारू, युुवा, सुनुवार, मुकुलुङ, किरातलगायतका समुदायको परम्परागत सीप, संस्कृति र जीवनशैलीको प्रशंसा गरेका छन् ।
उनले यी समुदायले प्रदेशको सांस्कृतिक सम्पदा र ऐतिहासिक पहिचानलाई मजबुत बनाएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशको भौगोलिक र सांस्कृतिक विविधता तथा विभिन्न आदिवासी समुदायका भाषा, संस्कृति र ज्ञान प्रणालीले प्रदेशलाई अझ समृद्ध बनाएको बताए ।
उनले सांस्कृतिक विविधता र भाषिक अधिकारको सम्मान गर्दै आत्मसम्मानसहितको सहभागिताले मात्र न्यायपूर्ण र समावेशी भविष्य निर्माण सम्भव हुनेमा जोड दिएका छन् ।
मुख्यमन्त्री बानियाँले ऐक्यबद्धता, सहअस्तित्व र समान अधिकारको भावनासहित अघि बढ्न सबैलाई आग्रह गरेका छन् । आदिवासी जनजाति दिवसले अधिकार र पहिचान जोगाउँदै उज्ज्वल भविष्य निर्माणका लागि प्रेरणा दिने उनले बताए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया