सशस्त्र प्रहरीद्वारा चार क्विन्टल गाँजा बरामद
राजविराज । सशस्त्र प्रहरी बल, नेपालले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ५ महादेवा टोलबाट चार क्विन्टल गाँजा बरामद गरेको छ ।
शुक्रबार गस्तीमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेवारिसे अवस्थामा गाँजा फेला पारेको हो । भारततर्फ तस्करी गर्न नहर छेउमा लुकाएर राखिएको १७ पोका गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । बस्नेतले बरामद गाँजाको तौल ३९६.९ किलो रहेको छ ।
साउन ४ गते राजविराजको राजगढ गाउँपालिका–३ नर्घो पछ्वारी टोलकी ४० वर्षीया रेखाकुमारी मण्डलको घरबाट पनि ३८८.७३ किलो गाँजा बरामद गरिएको थियो । त्यति बेला पनि भारततर्फ तस्करी गर्न निर्माणाधीन शौचालय र बाँसघारीमा लुकाएर राखिएको गाँजा प्रहरीले फेला पारेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया