अध्यक्ष ढकाल र स्पेन चेम्बरकी प्रमुख रेनेबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेनेबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको छ । ढकालले नेपाल–स्पेन सम्बन्धलाई निजी क्षेत्रमार्फत अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्पेनसँग सहकार्य गरी नेपाली बजारमा प्रविधि, पुँजी र अनुभव भित्रयाउन सकिने बताएका छन् । ढकालले त्यसका लागि निजी क्षेत्र पूर्णरूपमा तयार रहेको बताए ।

नेपालमा धेरै सकारात्मक नीतिगत परिवर्तनहरू भएको उल्लेख गर्दै ढकालले यी परिवर्तनले नेपालमा बाह्य लगानीको लागि प्रशस्त अवसरहरू सिर्जना गरेको बताए । उनले पर्यटन, पूर्वाधार, जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, र सूचना प्रविधिजस्ता क्षेत्रमा स्पेनिश लगानीको ठूलो सम्भावना रहेको बताए ।

स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने रियराले नेपालमा लगानीको सम्भावना अत्यन्त आकर्षक रहेको बताइन् । उनले व्यापारिक सहकार्य सशक्त बनाउन इच्छुक रहेको बताइन् । उनले पर्यटन, प्रविधि, कृषि, नवीकरणीय ऊर्जा र पूर्वाधारमा सम्भाव्यता रहेको बताइन् ।

उनले महासंघसंग हुने समझदारीले नेपाल र स्पेनबीचको निजी क्षेत्रीय समन्वय र विश्वासलाई नयाँ उचाइँमा जाने बताएकी छिन् ।

Published : Friday, 2025 August 8, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया