अव्यवहारिक प्रस्ताव राखेर रास्वपा सांसद सुमनाले बढ्ता बोलेपछि कांग्रेससांसद घिमिरेद्वारा प्रतिवाद
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकमाथिको छलफल सकिएसँगै विधेयक सम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ ।
एमालेका सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ । समितिले नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने प्रस्ताव पारित भएको छ ।
शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ । आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव पारित भएको समितिले जनाएको छ । शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको छ ।

यसैबीच, समितिको बैठकमा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठबीच भनाभन भएको छ ।
बैठकमा रास्वपा सांसद श्रेष्ठले असार १६ गतेको उपसमितिको प्रतिवेदन पास गर्न किन रोकियो, कसले रोक्यो भनेर प्रश्न गरेकी थिइन् । त्यसपछि कांग्रेस सांसद घिमिरेले मैले बोल्न पाउनु पर्छ भनेर प्रतिवाद गरेका थिए ।
निजी विद्यालयले दिने छात्रवृत्तिको विषयमा छलफल हुँदा घिमिरे र श्रेष्ठबीच विवाद भएको हो । निजी विद्यालयले छात्रवृत्ति दिँदा आवासीय दिनुपर्ने रास्वपा सांसद श्रेष्ठले प्रस्ताव राखेकी थिइन् । कांग्रेसका प्रमुख सचेतक घिमिरेले आवासीय राख्न नहुने पक्षमा धारणा राखेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया