जुम्ला तरुण दलको अधिवेशनलाई केन्द्रद्वारा मान्यता प्रदान
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल, जुम्लाको नयाँ कार्यसमितिलाई अनुमोदन गरेका छन् ।
जुम्ला तरुण दलका नवनिर्वाचित अध्यक्ष हेमबहादुर बुडथापाको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको थियो । सर्वसम्मत कार्यसमितिलाई अनुमोदन गरिएको अध्यक्ष गुरुङले जनाएका छन् ।
साउन ९ देखि १५ गते सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले हेमबहादुर बुडथापासहितको कार्यसमितिलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष गुरुङले सर्वसम्मत चयन भएको कार्यसमितिलाई बधाई र कार्यकालको शुभकामना दिएका छन् ।
सर्वसम्मत भएको नेपाल तरुण दल, जुम्लाको कार्यसमितिको अध्यक्ष हेमबहादुर बुडथापा, उपाध्यक्षद्वयमा रतन भण्डारी र माधवराज शर्मा, सचिवमा कृष्णप्रसाद उपाध्याय, सहसचिवमा कमलबहादुर बोहरा, कोषाध्यक्षमा डिल्लीप्रसाद उपाध्याय रहेका छन् ।
सदस्यहरूमा विशाल चौलागाईं, शेरबहादुर रावत, लोकबहादुर शाही, मनोज अधिकारी, ममता बोहोरा, निर्मला शाही, देवीचन्द्र धरला, लक्ष्मीप्रसाद सन्ज्याल, पाल्जोर लामा, भरत नेपाली, जेनबहादुर धामी र जनक भट्ट रहेका छन् ।
केन्द्रीय पार्षदहरूमा धनश्याम थापा, जगतबहादुर शाही, र चन्द्रिका बस्नेत तथा महाधिवेशन प्रतिनिधिहरूमा सञ्जीव रावल, सुमन खड्का, पविता महतारा, गोमा नगरकोटी, भरतबहादुर शाही, राजेन्द्र श्रेष्ठ, भैरवबहादुर सिकर्मी, कमल बस्नेत, विकाश शाही र सुनदेवी सन्ज्याल रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया