ब्यूरोद्वारा झण्डै ८ किलो सेतो हेरोईनसहित २ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध ब्यूरो, कोटेश्वरले ७ किलो ८ सय ग्राम लागुऔषधसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन १७ हवाई मार्ग हुँदै काठमाडौं आइपुगेका भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमदलाई सेतो हेरोईन ४ किलोसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका अहमद भारतको उत्तर प्रदेशको जानुनपुर निवासी हुन् ।
त्यसैगरी, ब्यूरोको टोलीले साउन १८ गते बिमानस्थलबाट लाओसबाट बैंकक हुँदै काठमाडौं आएका ३२ वर्षीय मौलेश्वरन नन्जुन्दमूर्ति कुरानल वेललाई पक्राउ गरेको छ । भारतको ईरोद, तमिलनाड ठेगाना भएका वेललाई सेतो हेरोईन ३ किलो ८ सय ग्रामसहित पक्राउ गरिएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका दुबै जना भारतीय नागरिकलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया