स्वघोषित कथित अभियन्ता शर्मिला वाइबा लेकसाइडको होटलबाट पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले कथित स्वघोषित अभियन्ता शर्मिला वाइबालाई पक्राउ गरेको छ ।
साइबर अपराधको अभियोगमा पक्राउ पुर्जी जारी भएकी वाइबालाई कास्की प्रहरीले पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, काकीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले बताएका छन् ।
वाइबा पोखराको लेकसाइडस्थित एक होटलबाट पक्राउ परेकी हुन् । नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीले वाइबालाई पक्राउ गरेर काठमाडौं पठाउन कास्की प्रहरीलाई पत्र पठाएको थियो । कास्की प्रहरीले वाइबालाई मंगलबार नै काठमाडौं पठाइदिएको छ ।
बेलाबेला सामाजिक सञ्जालमा उत्तेजित हर्कत गर्ने, गालीगलौज गर्ने, आफूभन्दा कमजोर व्यक्तिलाई हातपात तथा कुटपिट गर्ने, छाडा अभिव्यक्ति दिने जस्ता गतिविधि गर्दै आएकी छिन् । वाइबा साइबर अपराधको अभियोगमा पटक पटक पक्राउ परेर छुट्दै आएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया