कुलिङ पिरियड सम्बन्धी छानविन समितिले बुझायो प्रतिवेदन
काठमाडौं । सभामुख देवराज घिमिरेलाई संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदन बुझाएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा समितिका संयोजक जीवन परियारले प्रतिवेदन सभामुख घिमिरेलाई बुझाएका हुन् । परियारले सर्वसम्मत रुपमा पारित भएको प्रतिवेदन सभामुख घिमिरेलाई बुझाएको बताएका छन् ।
छानबिन समितिमा कांग्रेसका सांसद परियार सभापति । कांग्रेसकै सांसद सुशीला थिङ सदस्य छिन् । एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
Published : Tuesday, 2025 August 5, 2:19 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया