मर्यादा उल्लंघन गरेर कांग्रेस सांसद राजावादीको स्वागतमा पुगे, तीनकुने हिंसाका नायिकेलाई स्वागत
काठमाडौं । तीनकुने हिंसात्मक प्रदर्शनका नायिक एवम् विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहाइ भएपछि स्वागत गर्न नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पुगेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा फर्काउने भनेर काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनको नेतृत्व प्रसाईंले गरेका थिए । दुई जना मानिसको ज्यान जाने गरी भएको तीनकुने हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । पछि प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
उच्च अदालत पाटनको आदेशमा धरौटीमा सोमबार रिहा भएका राजावादी तीनकुने हिंसात्मक प्रदर्शनका नायिका प्रसाईंलाई स्वागत गर्न कांग्रेसका सांसद शर्मा डिल्लीबजार कारागार पुगेका थिए । कांग्रेस सरकारमा छ । कांग्रेसको नीति राजसंस्था वा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः फर्काएर राजा बनाउने भन्ने छैन । कांग्रेसको नीति र सिद्धान्त विपरित विवादास्पद मेडिकल व्यवसायी समेत रहेका कांग्रेसका सांसद शर्मा प्रसाईंलाई स्वागत गर्न पुगेपछि प्रश्न उठेको छ ।
कांग्रेसका नेता शेखर कोइराला निकटका सांसद शर्मा तीनकुने हिंसात्मक प्रदर्शनका नायिका र राजावादी प्रसाईंलाई स्वागत गर्न पुगेपछि शेखर कोइरालाप्रति पनि प्रश्न उठेको छ । शेखर कोइरालासँग सरसल्लाह गरेर सांसद शर्मा प्रसाईंलाई स्वागत गर्न गएका हुन् भन्ने समाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेका छन् ।
नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूले सांसद शर्माको हर्कत र गतिविधिलाई रुचाएका छैनन् । कांग्रेस छाडेर शर्मा राजावादीहरूसँग मिलेर आन्दोलन गर्ने तयारीमा पुगेका हुन् की भन्ने प्रश्न पनि उठेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया